About Us

शिक्षालयको स्वरूप र प्रकृति

            देशमा सीपयुत प्रविधिक जनशत्तिको बिकास गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् ऐन २०४५ अनुसार स्थापना भएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् बाट  प्रबिधिक शिक्षा तथा व्यावसायिक शिक्षाको उदेशय प्रप्तिका लागि देशको प्रत्येक जिल्ला/स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याउन शिक्षालय बिस्तार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार स्थानीय तह प्रसौनी गाउँपालिकाले जग्गा उपलब्ध गराउने गरि परिषद्को आंगिक शिक्षालय स्थापना गर्ने निबेदन गरेकोमा प्रबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको मिति २०७६।६।८ गतेको १७२ औ बैठक को निर्णय नं. १०४५ अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको आंगिक शिक्षालयको रुपमा प्रसौनी बहुप्रबिधिक शिक्षालयको स्थापना भएको हो । २०७६ पुष ३ गते देखि प्रसौनी गाउँपालिकाले सिफारिस गरेको जग्गा शिक्षालयको नाममा हस्तानान्तरण हुने कार्यको लागि शिक्षालयको कार्यालय श्री बेंगा साह मा. बि. ले उपलब्ध गराएको एउटा कोठामा स्थापना भई शिक्षालयको जग्गा हस्तानान्तरण सम्बन्धि कार्य प्रारम्भ भएको हो । शिक्षालयमा संचालनको लागि डिप्लोमा तहको तिनवटा कार्यक्रम डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ संचालनको लागि स्वीकृत भएपनि भौतिक संरचना नभएकोले शैक्षिक सत्र २०७६/०७७ मा कुनै कार्यक्रम संचालन नभएको, स्थानीय तह प्रसौनी गाउँपालिका र श्री बेंगा साह मा. बि. ले संयुक्त रुपमा शिक्षालयको आफ्नो भौतिक संरचना नबनुन्जेल तत्काल ४ कोठाको भवन उपलब्ध गराई थप भवन समेत निर्माण गराइदिने प्रतिबध्धता अनुसार २०७७ साल देखि थप एक कार्यक्रम स्वीकृत भइ डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम शुरु भएको हो । आवस्यक सम्पूर्ण प्रक्रिया पश्चात २०७९ बैशाख १३ गतेको नेपाल सरकार मंत्री परिषदको निर्णय अनुसार प्रसौनी गाउँपालिका वडा नं. २ मा अवस्थित कितानं. ८२३ (साबिक किता नं. ४६) को ५ बिघा १२ धुर जग्गा शिक्षालयको नाममा ३० बर्षको दिर्घकालिन अवधिको लागि निशुल्क लिजमा प्राप्त भएको हो । हाल शिक्षालयको आफ्नो जग्गामा शिक्षालयको शैक्षिक भवनको सुपर स्ट्रक्चर निर्माण कार्य सम्पन्न भइसकेको र थप निर्माण कार्य प्रक्रियामा रहेको छ । स्थानीय तह प्रसौनी गाउँपालिका र श्री बेंगा साह मा. बि. ले संयुक्त रुपमा उपलब्ध गराएको तिन वटा भवनको १२ वटा कोठामा हाल डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम संचालनमा रहेको छ ।